ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • कञ्चनपुरमा भारतीय नागरिक लुट्ने ‘बास्सा’ र ‘ल्याङ’सहित तीन जना पक्राउ

    कञ्चनपुरमा भारतीय नागरिक लुट्ने ‘बास्सा’ र ‘ल्याङ’सहित तीन जना पक्राउ
    Spread the love

     कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाबाटा भारतीय नागरिकलाई लुटपाट र कुटपिट गर्ने तीन जना युवक पक्राउ परेका छन्। शनिवार राति १२ बजे दुई जना भारतीय नागरिकलाई कुटपिट र लुटपाट गरेको आरोपमा प्रहरीले तीन जना युवालाई पक्राउ गरेको हो।

    भारतको  पिलिभित घर भएका मोहित कुमार र असरफ अहमदलाई कुटपिट र लुटपाट गरेको अभियोगमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ का रवि साउँद उर्फ ‘बास्सा’ र वडा नम्बर ११ का सुरेन्द्रबहादुर विष्ट उर्फ ‘ल्याङ’  तथा भुवन ऐर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

    तीनै जनाले भारतीय नागरिक मोहित कुमार र असरफ अहमदबाट नगद १९ हजार, दुई थान मोटरसाइकल र दुई थान मोबाइल लुटपाट गर्दै दुबै जनालाई कुटपिट गरेका थिए। इलाका प्रहरी कार्यालयमा मोहित र अहमदको जाहेरीको आधारमा प्रहरी टोलीले तीनै जनालाई कलुवापुर क्षेत्रबाट पक्राउ गरेको थियो।

    यसअघि पनि हातहतियार मुद्दामा जेल सजाय भोगेका व्यक्ति रहेको प्रहरीले जनाएको छ। उनी भर्खरै कारागारमुक्त भएका थिए। प्रहरीले तीनै जनाबाट नगद, मोबाइल र मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी