कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।
भीमदत्त नगरपालिका–११ भुजेलाबाट १.४० ग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थसहित भीमदत्त नगरपालिका–१८ बस्ने १९ वर्षीय दिपक महरासहित तीन जनालाई मंगलवार साँझतिर प्रहरीले पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गर्दा उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी तीनैलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : कालु राम चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
सुचना तथा संचार मन्त्रालय,
दर्ता नं. : 071/72/770,
पान नं.: 602780247