ई-घोडाघोडी खबर

३ फाल्गुन २०८१, शनिबार

  • Mohrain Tours and Travels
  • कञ्चनपुरबाट नगदसहित ५ जुवाडे पक्राउ

    कञ्चनपुरबाट नगदसहित ५ जुवाडे पक्राउ
    Spread the love

    कञ्चनपुरः कञ्चनपुरबाट नगदसहित ५ जुवाडे पक्राउ परेका छन्। भीमदत्त नगरपालिका-४ स्थित सहारा होटलबाट जुवातास खेलिरहेको अबस्थामा बैतडीको दशरथचन्द नगरपालिका-११ स्थायी घर भएका सोही होटल संचालक ३७ वर्षीय गणेशसिह बुडालसहित पाँच जना मंगलवार पक्राउ परेका हुन्।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उक्त होटेलमा चेकजाँच गर्दा जुवातास खेलिरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरेको जनाएको छ। उनिहरुलाई नगद ४८ हजार २ सय ६० र १ गड्डी ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी