ई-घोडाघोडी खबर

६ जेष्ठ २०८१

  • ‘कट्ना तर्पु’आज पुसे १५ को अबसरमा सार्वजनिक हुने

    ‘कट्ना तर्पु’आज पुसे  १५ को अबसरमा सार्वजनिक हुने

    Share

    सुखड,कैलाली

    ‘कट्ना तर्पु ’बोलको गीतको थारु नयाँ म्युजिक भिडियो आज पुसे  १५ को अबसरमा सार्वजनिक हुने भएकोछ।

    गायक ए के चौधरी र गायिका समीक्षा चौधरीको स्वरमा रहेको गीत ‘कट्ना तर्पु’ आज पौष १५ आइतबार दिउसो ३ :०० बजे सार्वजनिक गरिनेछ । गीतमा भानु प्रताप चौधरीको शब्द र गणेश चौधरीको संगीत रहेको छ।

    डान्सिङ विट रहेको भिडियोमा भानु प्रताप चौधरी र समु चौधरीको अभिनय रहेको छ। सुरज देब कुसुमियाको कोरियोग्राफी तथा निर्देशन रहेको छ।

    यस म्युजिक भिडियोमा निर्देशकसुरज देब कुसुमियाले गीतको भावजस्तै निर्देशन र कोरियोग्राफीमा भिडियो तयार पारेका छन्।

    दर्शकले भानु प्रताप र समुको जोडीलाई उक्त भिडियोमा दमदार नृत्य गरेको हेर्न पाउने छन् ।

    यस म्युजिक भिडियोमा सुमित चौधरी र मदन चौधरीको छायांकन रहेको छ भने शरद सिंहको सम्पादन र रंग संयोजन रहेको छ। यस्तै, गीतको भिडियो मल्टीफ्रेम युट्युब च्यानल मार्फत सार्वजनिक गरिने छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री