ई-घोडाघोडी खबर

९ माघ २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • किसानलाई ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल

    किसानलाई ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल
    Spread the love

     व्यावसायिक तरकारीखेतीमा संलग्न कृष्णपुर नगरपालिका-६ का एक सय १० किसानलाई ५० प्रतिशत अनुदानमा प्लाष्टिकको टनेल उपलब्ध गराइएको छ । तरकारीखेती गर्नमा सघाउ पुर्याउनका लागि वडा कार्यालयले चालु आवको स्वीकृत कार्यक्रमअन्तर्गत तीन लाख बजेटमा किसानलाई टनेल उपलब्ध गराएको हो ।

    “व्यावसायिक तरकारीखेतीमा संलग्न तत्काल प्लाष्टिक टनेल निर्माण गर्नुपर्ने अवस्थाका किसानलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रममा सहभागी गराएका छौँ”, वडाध्यक्ष बाबुराम चौधरीले भन्नुभयो, “टनेल माग गरेका अन्य ९९ जनालाई पनि प्राथमिकतामा राखेर कार्यक्रममा समेट्छौँ ।” त्यसका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गरिने उहाँले बताउनुभयो ।

    नगरपालिको वडा नम्बर ६ को सिंहपुर, बालुवाफाँटालगायत तरकारी पकेट क्षेत्रका रुपमा रहेको छ । वडाका अधिकांश किसानले व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । जिल्लाको तरकारीको आधा माग वडामा उत्पादन हुने तरकारीले धानिँदै आएको वडाध्यक्ष चौधरीले बताउनुभयो ।

    यसैगरी आजै वडाबाट पाँच सय किसानलाई दुई लाख मूल्य बराबरको लौका, करेला, भिन्डी, प्याज, फर्सीलगायतका बेमौसमी तरकारीको बीउ निः शुल्करुपमा उपलब्ध गराइएको छ । “किसानलाई व्यावसायिक तरकारीखेती गर्नमा सहजता ल्याउनका लागि बीउ र प्लाष्टिक टनेल वितरण गरेका हौँ”, उहाँले भन्नुभयो, “अर्को आवमा पनि किसानको मागअनुसारका कार्यक्रम सञ्चालन गर्नका लागि योजना बनाउँछौँ ।”

    वडामा रहेका थारु गाउँका भलमन्साका लागि एक-एक स्टील दराज वितरण गर्ने कार्य रहेको उल्लेख गर्दै उहाँले एक दुई दिनभित्रै वितरण गरिने बताउनुभयो । यस्तै वडाका ४० महिलालाई व्यवसायउन्मुख गराउनका लागि युनिक नेपालको सहयोगमा सिलाइकटाइ तालिम सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो । रासस 

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी