ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • कुलाेमा डुबेर एक जनाको मृत्यु एक जना बेपत्ता

    कुलाेमा डुबेर एक जनाको मृत्यु एक जना बेपत्ता
    Spread the love

    एकिन्द्र तिमिल्सेना

    टीकापुर, असार ५ गते । गर्मी छल्न कुलाेमा नुहाउन पुगेका लम्कीचुहा नगरपालिका–५ थापापुरका युवा कैलाश विष्टको ज्यान गएको छ ।

    जानकी गाउँपालिका–५ अमौरास्थित कुलरिया खर्गौली बडका बिच्की कुलोको इन्टेकमा नुहाउने क्रममा असार ४ गते दिउसो विष्ट डुब्नु भएको थियो । सात जना युवाहरू सँगै नुहाइरहेका बेला विष्ट पानीमा डुबेर बेपत्ता हुनुभएको हो ।

    इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीका अनुसार साँझ ५ बजेतिर फेला परेका विष्टलाई टीकापुर अस्पताल पुर्याइएको र  चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरिएको छ । १८ वर्षका विष्ट स्थानीय राष्ट्रिय माविबाट यस वर्ष एसइई परीक्षा दिएर बसेका विद्यार्थी हुन् ।

    रानी जमरा कुलरिया सिचाई आयोजना बनेपछि नहरहरू बस्ती नजिक भएर गएका र जेठमा नै नहर र कुलामा जेठमै प्रशस्त पानी प्रवाह भएपछि नहर र कुलामा पस्नेहरू डुब्न थालेका छन् । पछिल्लो छ महिनामा डुबेर मृत्युका छ वटा घटना भएका छन् ।

    छ दिन अघि टीकापुर नगरपालिका–५ स्थित रानी कुलामा डुबेर बेपत्ता हुनुभएका ५५ वर्षका खुसीराम चौधरी पनि अझै भेटिनु भएको छैन । चौधरीको झोला, लुगाहरू कुलोको किनारमा भेटिएकाले कुलामै डुबेको अनुमान छ ।

    प्रहरी नायव उपरीक्षक अधिकारीका अनुसार नहर सुकाएर पनि खोजिएको छ, टोली खटाएर दैनिक खोजी कार्य जारी छ तर फेला पार्न सकेको छैन ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी