ई-घोडाघोडी खबर

६ जेष्ठ २०८१

  • गर्मीले जनजीवन प्रभावित, पठनपाठन बन्द

    गर्मीले जनजीवन प्रभावित, पठनपाठन बन्द

    Share

    धनगढी उपमहानगरपालिका–८ का विष्णु चौधरी रिक्सा चलाएर गुजारा गर्नुहुन्छ । दिनभर रिक्सा चलाएर साँझ बिहानको छाक टार्दै आएका चौधरीको अहिले भने नियमित काम प्रभावित भएको छ । अत्यधिक गर्मी बढेपछि काम गर्न गाह्रो भएको चौधरी सुनाउनुहुन्छ । “बिहान र साँझ मात्रै केही समय रिक्सा चलाउने गर्दछु,” उहाँले भन्नुभयो, “गर्मीका कारण दिउँसो काम गर्न सकिन्न । सवारी (यात्रु) पनि भेटिँदैनन् ।”

    दिउँसो सडकमा निस्कनु त परै जाओस् घरभित्रै बस्न पनि गाह्रो भइरहेको छ, यो बेला । घरभित्र बस्नै नसकिने गरी घर तात्ने गरेको सत्यनारायण दहितले बताउनुभयो । पछिल्लो केही दिनयता तापव्रmम अत्यधिक बढेपछि कैलालीसहित तराईको विभिन्न जिल्लामा खप्नै नसक्ने गर्मी बढेको हो । 

    अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएको छ । सर्वसाधारणलाई दैनिक काम गर्न र हिँड्डुल गर्न समस्या भएको छ । उखरमाउलो गर्मीका कारण राति सुत्नसमेत कठिन हुने गरेको स्थानीय तुला चौधरीले बताउनुभयो । “गर्मीका कारण पङ्खा लगाएर घरबाहिर सुत्ने गरेको छु,” उहाँले भन्नुभयो, “राति बाहिर सुतेपछि बल्ल राहत हुने गर्दछ ।” गर्मीको असर बोटबिरुवा, खेतीपाती, तरकारी बालीमा पनि परेको छ । चर्को घाम लाग्नाले बोटबिरुवा, तरकारी सुक्न थालेका छन् ।

    किसानको तरकारी ब्याड र उखु सुक्न थालेका छन् । कञ्चनपुरको दक्षिणी क्षेत्रमा लगाएका उखु सुकेपछि किसान मर्कामा परेको लालझाडीका स्थानीय प्रभु रानाले जानकारी दिनुभयो । उहाँका अनुसार पुनर्वास, बेलौरी नगरपालिका, लालझाडी, बेलडाँडी गाउँपालिकामा किसानको उखु सुक्न थालेको हो । 

    विद्यालयको पठनपाठन बन्द

    अत्यधिक गर्मी बढेपछि कैलालीमा केही विद्यालय बन्द गरिएको छ । स्थानीय तहले जेठ ३१ गतेसम्मका लागि गर्मी बिदा दिएका छन् । गर्मीका कारण पठनपाठन प्रभावित हुनुकासाथै विद्यार्थीसमेत बिरामी पर्न थालेका छन् । 

    बर्खे तथा हिउँदे बिदाबाट कट्टा हुने गरी गर्मी बिदा दिइएको स्थानीय तहले जनाएका छन् । धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कैलारी गाउँपालिका, गौरीगङ्गा नगरपालिकालगायतकाले विद्यालयमा गर्मी बिदा दिएका छन् । गर्मीका कारण विद्यार्थीमा विभिन्न स्वास्थ्य समस्या देख्न सकिने भएकाले चार दिन बिदा दिइएको धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जानकारी दिनुभयो । 

    हावापानी फिल्ड कार्यालय अत्तरियाका अनुसार यस वर्ष गएको शनिबार (जेठ २७ गते) कैलालीमा सबैभन्दा बढी ४०.६ डिग्री सेल्सियस तापव्रmम मापन भएको थियो । आइतबार अधिकतम तापव्रmम ४०.४ मा झ¥यो । अब अधिकतम तापव्रmम केही घटिरहेको सो कार्यालयका प्रमुख सिङ्गल चौधरीले बताउनुभयो । 

    “मनसुन नआएकाले तापव्रmम अझै योभन्दा पनि धेरै बढ्न सक्छ,” उहाँले भन्नुभयो, “तर आइतबारबाट तापव्रmम केही घटेको देखा परेको छ ।” मनसुन प्रवेश भएमा भने यो गर्मीबाट राहत हुने उहाँले बताउनुभयो । 

    “पश्चिमबाट तातो हावा (लु) चलेकाले गर्मी बढेको हो,” चौधरीले भन्नुभयो, “अझै पनि पश्चिमी वायुको असर छँदैछ । यसले असर गरेन भने मनसुन चाँडै पुग्न सक्छ । यतिबेला गर्मीबाट जोगिन घरबाहिर नहिँडेकै राम्रो हुन्छ ।” 

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री