नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा गहिरो दुःख व्यक्त गरेको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले मङ्गलबार साँझ विज्ञप्ति जारी गर्नुहुँदै मन्त्री सिंह र पत्नी अमृतोदवी र भाउजू जयादेवीको निधनमा पार्टीले दुःख व्यक्त गरेको जानकारी दिनुभयो ।
‘‘कांग्रेस बझाङका पूर्वसभापति एवम् सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह आफ्नो गृह जिल्ला जाने क्रममा सवारी दुर्घटनामा परी उहाँसहित उहाँकी धर्मपत्नी अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको निधन भएको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ ।,’’ विज्ञप्तिमा भनिएको छ, ‘लामो समयसम्म नेपाली कांग्रेसको विभिन्नन पदीय जिम्मेवारीमा रहेर उहाँले कार्य गर्नुभएको थियो । स्वर्गीय सिंहले पार्टीको संगठन निर्माण र नेपाल लोकतान्त्रिक आन्दोलनहरुम सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनबाट पार्टीले एक कुशल संगठनकर्तालाई गुमाएको छ र नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको छ ।’’
यसैगरी, कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि मन्त्री सिंहको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।
कार्यवाहक सभापति खड्काले भन्नुभएको छ, ‘‘नेपाली कांग्रेस बझाङका पूर्व जिल्ला सभापति एवम् सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनको खबरले मलाई अत्यन्त दुखित र मर्माहत बनाएको छ । स्वर्गीय सिंहले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गर्नु भएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहनेछ ।’’
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : कालु राम चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
सुचना तथा संचार मन्त्रालय,
दर्ता नं. : 071/72/770,
पान नं.: 602780247