ई-घोडाघोडी खबर

९ माघ २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • मोटरेबल पुल निर्माणमा छैन सुरसार

    मोटरेबल पुल निर्माणमा छैन सुरसार
    Spread the love

    बैतडी समाचारदाता

    झुलाघाट, जेठ ६ गते । नेपाल–भारत सीमा बैतडीको झुलाघाटमा मोटरेबल पुल निर्माणको सुरसार देखिएको छैन । दार्चुलामा भने पुल निर्माण कार्यले तीव्रता पाएको छ । नेपाल–भारत सरकारबिच झुलाघाटमा मोटरेबल पुल निर्माणको सम्झौता भएको थियो ।

    दार्चुलातर्फको मोटरेबल पुल निर्माणका लागि स्टिल ब्रिज राख्ने काम सुरु भएको छ । महाकाली नगरपालिका–८, असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला तहसिल बलुवाकोटनजिकको छारछुम क्षेत्र जोड्न ११० मिटर लम्बाइको मोटरेबल पुलको काम धमाधम भइरहेको छ ।

    भारतीय कम्पनी पी एन्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेड पन्जाले पुल निर्माण गरिरहेको भारतीय सञ्चारकर्मी सुरेन्द्र आर्यले जानकारी दिनुभयो । पुलको लागत ३२ करोड ९८ लाख भारतीय रुपियाँ रहेको उहाँले बताउनुभयो ।

    झुलाघाटवासी निराश 

    झुलाघाट मोटरेबल पुलको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) समेत सार्वजनिक नहुँदा यहाँका नागरिक निराश बनेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बैतडीको झुलाघाट र डडेलधुराको सिर्समा मोटरेबल पुल निर्माण गरेर दुई देशबिच यातायात जोड्ने घोषणा गर्नुभएको थियो ।

    सो घोषणापछि भारतीय प्राविधिक टोलीले झुलाघाट मोटरेबल पुलको सम्भाव्यताका लागि स्थलगत निरीक्षणसमेत गरेको थियो । प्राविधिक टोलीले झुलाघाटमा ५१० मिटर लामो मोटरेबल पुल बन्ने जानकारी दिएको हो ।

    पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, झुलाघाट मोटरेबल पुल र भारतपारी जोलजीवी–टनकपुर जोड्ने सडक निर्माणको कामले गति लिन नसक्दा नेपाल–भारत दुवै देशका नागरिकले सास्ती भोग्नु परेको सञ्चारकर्मी सुरेन्द्र आर्यले बताउनुभयो । उहाँले भन्नुभयो, “पञ्चेश्वर परियोजनाका कारणले नेपाल–भारत जोड्ने झुलाघाट मोटरेबल पुल र भारतको जोलजीवीदेखि टनकपुरसम्मको १०६ किलोमिटर सडक अघि बढ्न सकेको छैन ।”

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी