फागुन ९, सुख्खड
राष्ट्रिय युवा संघ नेपाल सुदुरपश्चिम प्रदेश कमिटि सदस्य कपेन्द्र रावल (कमल) ले नेकपा एमालेको जिल्ला कमिटी सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । रावलले लम्किचुहा नगरपालिका भुगाेल तर्फकाे खुल्ला सदस्य बाट जिल्ला सदस्यमा प्रतिनिधित्व हुने गरेर उम्मेदवारि दर्ता गरेका हुन ।
रावल उम्मेदवार रहेको लम्किचुहा नगरपालिका भुगाेल खुल्ला बाट जिल्ला सदस्यमा पाच जना निर्वाचित हुनेछन् ।रावल लम्किचुहा नगर क्षेत्रका परिचित व्यवसायि संगै खेल क्षेत्रमा सक्रिय युवा समेत हुन ।
रावल बिगत लामो समय देखि नेकपा एमालेको राजनीतिमा सक्रिय रहदै आएका छन । रावलका अनुसार उनको जिल्ला सदस्यमा उम्मेदवारी पार्टी भित्र पछिल्लो समय माैलाउदै गुटगत प्रब्रितकाे अन्त्य र युवा हरुमा राजनीतिक आकृषण वृद्धि गराउनु रहेको कुरा हामी संगकाे संक्षिप्त कुराकानिमा बताए ।
फागुन ६ गते बाट सुख्खडमा जारि नेकपा एमाले कैलालीकाे ९ औं जिल्ला अधिबेशनमा भाेलि निर्वाचन बाट सम्पूर्ण पदहरुकाे टुङ्गो लाग्नेछ । याे खबर तयार पार्दा सम्म जिल्ला अध्यक्षमा डेजि पाण्डे , दुर्गा जाेशि र यज्ञ ढुङ्गानाकाे उम्मेदवारि कायम रहेको छ ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी