ई-घोडाघोडी खबर

९ माघ २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • नाउपाको संसदीय दलका नेता फेरि परिवर्तन

    नाउपाको संसदीय दलका नेता फेरि परिवर्तन
    Spread the love

    नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता फेरि परिवर्तन गरिएको छ ।

    असार २९ गते बहुमत सदस्यको समर्थनमा खुसीराम डङ्गौरा थारुलाई संसदीय दलका नेता बनाइएको थियो । साता दिनभित्रै उहाँलाई हटाएर पुनः घनश्याम चौधरीलाई संसदीय दलका नेता चयन गरिएको छ ।

    बहुमत सदस्यको समर्थनमा उहाँलाई फेरि संसदीय दलका नेता चयन गरिएको हो । यसै गरी, लक्ष्मण किशोर चौधरीलाई प्रमुख सचेतकमा चयन गरिएको छ । दलका नेता चयन गर्नका लागि घनश्याम चौधरी, रामेश्वर चौधरी, इन्दिरा गिरी र लक्ष्मण किशोर चौधरीको उपस्थिति देखिएको छ ।

    सात जना प्रदेश सभा सदस्य रहेका नागरिक उन्मुक्ति पार्टीका तीन जना प्रदेश सभा सदस्य पार्टी संरक्षक रेसम चौधरी पक्षमा देखिएका छन् । यसै गरी, कैलाश चौधरी, टीका थापा र खुसीराम डङ्गौरा थारु पार्टी अध्यक्ष रन्जिता श्रेष्ठको पक्षमा देखिएका छन् ।

    प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले आफू नागरिक उन्मुक्ति पार्टीको संस्थापक रहेका कारण तटस्थ बसेको बताउनुभयो । खुसीराम डङ्गौरा थारुलाई संसदीय दलका नेता चयन गर्नसमेत समर्थन जनाउनु भएका उहाँले आफू कसैको पक्षमा नरहेका कारण जसको पक्षमा पनि हस्ताक्षर गर्न तयार रहेको बताउनुभयो । “म हस्पिटल भर्ना भएको छु । यहाँ आएर हस्ताक्षर गराउँछन् । दलको नेता दिनकै फेरे पनि म सबैको पक्षमा हस्ताक्षर गर्न तयार छु”, उहाँले भन्नुभयो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी