ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • सुदूरपश्चिम आइपुगे करिब पाँच हजार विदेशी धार्मीक पर्यटक

    सुदूरपश्चिम आइपुगे करिब पाँच हजार विदेशी धार्मीक पर्यटक
    Spread the love

    वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेशका प्रमुख धार्मीक स्थल भ्रमणमा करिब पाँच हजार विदेशी पर्यटक आइपुगेका छन्।

    आन्तरिक धार्मीक पर्यटकको संख्या सबैभन्दा उच्च
    सुदूरपश्चिम प्रदेशका प्रमुख धार्मीक स्थलको भ्रमण गर्ने आन्तरिक पर्यटकको संख्या सबैभन्दा बढी देखिएको छ। ती धार्मीक स्थलमा आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७८/७९ सम्म १२ लाख ५८ हजार ८६ आन्तरिक धार्मीक पर्यटकले अवलोकन भ्रमण गरेको तथ्यांक छ। सुदूरपश्चिममा धार्मीक पर्यटकको संभावना उच्च देखिए पनि यसका लागि सरकारले आवश्यक योजना, बजेट, र विशेष प्याकेज लगायतका कार्यक्रम बनाउन सकेको छैन्।

    २०७५ यो संख्या कुल ४ लाख ३० हजार चार सय ७० पुगेका हो। २०७६ मा भने कोभिड महामारीका कारण सो संख्या उल्लेख्य रुपमा घटेर ८१ हजार एक सय ४६ मा सिमित बन्न पुगेको छ। साथै, २०७७ मा पनि महामारीकै कारण कुल ८२ हजार ३८ पर्यटकहरुले मात्र भ्रमण गरेको पाइएको छ भने २०७८ मा पुनः बढेर तीन लाख पाँच हजार २९ पर्यटकले भ्रमण गरेको तथ्यांक छ।

    धार्मीक स्थलको भ्रमण गर्ने २६ देखि ३५ वर्ष उमेर समूहका आन्तरिक पर्यटकहरुको संख्या सबैभन्दा बढी ३६ दशमलव ६७ प्रतिशत रहेको छ भने ५६ देखि ६५ र ६६ देखि ७६ वर्षभन्दा बढी उमेर समूहका पर्यटकको संख्या सबैभन्दा कम ४ दशमलव ४४ प्रतिशत रहेको छ। त्यस्तै १६ देखि २५ वर्षभन्दा कम उमेर समूहका पर्यटक २३ दशमलव ३३ प्रतिशत रहेका छन्।
    धार्मीक क्षेत्रको भ्रमण गर्नुको उद्देश्य
    सुदूरपश्चिमका प्रमुख धार्मीक स्थलको सो अवधिसम्म भ्रमण गर्नेमध्ये ६६ दशमलव ६६ प्रतिशतले धार्मीक आस्था र भाकल पुरा गर्न, २४ दशमलव ४४ प्रतिशतले घुमघामसँगै मनोरञ्जन गर्न, ६ दशमलव ६७ प्रतिशतले धार्मीक कार्य (ब्रतबन्ध, पितृ कार्य, पूजापाठ विवाह आदि) र दुई दशमलव २२ प्रतिशतले अध्ययन र अनुसन्धानका लागि धार्मीक स्थल पुगेको समेत अध्ययनले देखाएको छ।
    हेली टुरबाट ६ सय २० पर्यटक खप्तड पुगे
    खप्तड एडभेन्चर्स टुर्स तथा खप्तड होमस्टे डोटीको रेकर्ड अनुसार हेली टुरमार्फत ६ सय २० पर्यटक खप्तड भ्रमणमा पुगेका छन्। २०७७ मा तीन सय ५०, २०७८ मा दुई सय ५० र २०७९ मा २० जना पर्यटक हेली टुरबाट खप्तडमा पुगेका हुन्। कोभिड महामारीको अन्त्यसँगै आन्तरिक पर्यटनमा टेवा पु¥याउने उद्देश्यले सञ्चालनमा आएको सो हेली टुर मार्फत खप्तड घुम्न जाने पर्यटकहरुको संख्यामा ह्रास आएको पाइएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी