काठमाडौँ, असोज २५ गते । हमासले हानेको ग्रिनेड नेपाली विद्यार्थी विपिन जोशीले टिपेर उतै फालिदिए । १७ जना नेपाली बसेको कोठामा आएको मिसाइल जोशीले नफालेको भए सबै जना बच्ने थिएनन् । तर विपिन जोशी हाल सम्पर्कविहीन छन् । हाल हमासले विपिनलाई लगेको इजरायलबाट नेपाल फर्कनुभएका नेपाली विद्यार्थी बिबुशा अधिकारीले जानकारी दिनुभयो ।
साथीहरूलाई बचाउने रियल हिरोलाई जसरी भए पनि बचाउनु बिबुशाले सरकारसँग आग्रह गर्नुभयो । विपिन बसेको फर्मबाट छ जना बच्न सफल भए भने बाँकी नेपाली विद्यार्थीको मृत्यु भएको उहाँले बताउनुभयो । शुक्रवार बिहान नेपाल फर्कनुभएका विबुशा भन्नुहुन्छ, इजरायल सरकार र नेपालको तर्फबाट पूर्ण सहयोग भयो इजरायलका नागरिकले समेत सहयोग गरे आफूहरू सुरक्षित नेपाल आउन पाएको बताउनुभयो ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी