ई-घोडाघोडी खबर

७ जेष्ठ २०८१

  • Share

    बाजुरा : जिल्ला अस्पताल बाजुराबाट एक सुत्केरीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

    आज हिमाली गाउँपालिका–१ बिच्छ्याकी २२ वर्षीया सुस्तिता खड्कालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए। उनका अनुसार दुई दिन पहिले शल्यक्रिया गरी सुत्केरी गराइएकी खड्काको पेट सुन्निएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको हो।

    जिल्ला अस्पताल बाजुराबाट सुत्केरीको अवस्था जटिल बन्दै गएको पत्र प्राप्तभएपछि महिला तथा बालबालिका मन्त्रालयमार्फत पहल गरेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सेनाको हेलिकप्टरमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभयो । रासस

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री