घोडाघोडी कैलाली /कैलालीको घोडाघोडी नगरपालिकामा विद्युत चोरी गर्ने एक जना पक्राउ परेका छ्न । वडा न ७ उत्तर टोल करैचा बाट विद्युत् चोरी गर्ने डम्बर बहादुर बिस्ट पक्राउ परेका हुन । विद्युत् चोरी गर्ने विष्टलाई घोडाघोडी ग्रामीण बिद्युत् सहकारी संस्था सुखड ,अस्थाई प्रहरी पोस्ट हरिनगर,वडा अध्यक्ष सहितको टोलिले गए राती पक्राउ गरेको हो ।
पक्राउ परेका विष्ट घोडाघोडी ग्रामीण बिद्युत् सहकारी संस्थका अध्यक्ष सरोज न्युरेको जिम्मामा छन् । खेतमा पानी राख्ने क्रममा तारबाट डाईरेक्ट हुकिङ्ग गरेर विद्युत् चोरी गरेको अवस्थामा विष्ट पक्राउ परेका हुन् । विष्ट को साथबाट विद्युत् चोरी गर्न प्रयोग गरिएको तार, मिटर नियन्त्रणमा लिएको स्थानियले जानकारी दिएका छ्न ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी