ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • चार लाख भारुसहित एक पक्राउ

    चार लाख भारुसहित एक पक्राउ
    Spread the love

    स्रोत नखुलेको चार लाख ७४ हजार पाँच सय भारुसहित कैलाली प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१ वनखेतका ३५ वर्षीय रमेशबहादुर तिरुवा रहेका छन् ।

    विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटेको प्रहरी टोलीले स्रोत नखुलेको पैसा र लागुऔषधसहित पक्राउ गरेको हो ।

    उनको साथबाट सुपर पावर नामक सुर्तीको कभरमा लुकाई छिपाइ राखेको दुई ग्राम १९० मिलिग्राम लागुऔषध र कार्टुनमा लुकाएर राखेको रुपियाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो । तिरुवालाई नियन्त्रणमा लिएर थप अनुसन्धानको काम भइरहेको उहाँले बताउनुभयो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी