ई-घोडाघोडी खबर

३० भाद्र २०८१, आईतवार

  • Mohrain Tours and Travels
  • खाद्य अधिकार अवधारणा सम्बन्धि एक दिने अभिमुखिकरण सम्पन्न ।

    खाद्य अधिकार अवधारणा सम्बन्धि एक दिने अभिमुखिकरण सम्पन्न ।
    Spread the love

    सुखड कैलाली ।
    खाद्य अधिकार अवधारणा सम्बन्धि एक दिने अभिमुखिकरण कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा सम्पन्न भएको छ । घोडाघोडी नगरपालिका वडा न ५ भगड्डी र वडा न ८ जरहिका खाद्य अधिकार हनन भएका प्रतिनिधिहरुका लागि एक दिने अभिमुखिकरण समपन्न भएको हो । परिवर्तनका लागि कार्यरत युवा समुह याक नेपालको आयोजना तथा घोडाघोडी नगर स्तरिय खाद्य अधिकार सञ्जालको समन्वयमा कार्यक्रम समपन्न भएको हो । याक नेपालको खाद्य अधिकार सवलिकरण परियोजना अन्तर्गत केहि दिन अगाडि खाद्य अधिकार हनन भएका समुहहरुको पहिचान गरेको थियो सोहि समुहलाई आज अभिुमुखिकरण गरिएको हो । कार्यक्रममा खाद्य अधिकार के हो,मानव अधिकार के हो, खाद्य अधिकार हनन कसरी हुन सक्छ लगायतका कुराहरुमा छलफल गरिएको थियो ।
    कार्यक्रमका बिच ललित बहादुर ऐडिको संयोजकत्वमा वडा न ५ भगड्डीको संघर्ष समिति समेत गठन गरिएको थियो । वडा न ८ जरहिको भने हिजो नै मनिषा बिकको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको थियो । उक्त संघर्ष समितिले गर्नुपर्ने कामहरुका बारे पनि अभिुमुखिकरणमा छलफल गरिएको थियो । सवाल सम्बोधन रणनितिक कार्ययोजनाहरु पनि बनाई आगममि दिनमा कसरी संघर्ष समितिले काम गर्ने भन्ने बारे पनि छलफल गरिएको थियो ।
    घोडाघोडी नगर स्तरिय खाद्य अधिकार सञ्जालका संयोजक गया प्रसाद कठरियाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई याक नेपालका सर्जु चौधरी र बिनोद सिंले सहजिकरण गरेका थिए ।

    ई-घोडाघोडी खबर
    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247