दार्चुलामा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान करिब पौने ११ बजे दार्चुला सदरमुकाम खलंगाबाट दुँहु गाउँपालिकातर्फ जादै गरेको से १ ख १२५२ नम्बरको मिनि ट्रक दुर्घटना हुँदा स्थानीय करन सिंह बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् प्रवक्ता ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।
ओभर लोड भएकाले ब्रेक फेल हुँदा ट्रक दार्चुला तिंकर सडकअन्तर्गत दुँहु गाउँपालिका ३ राताकाठा भिरमा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । राटाकाठा भिरबाट ट्रक करिब ३०० मिटर तल महाकाली नदी किनारामा खस्दा दुँहु गाउँपालिका–३ ब्रह्मदेब बस्ने अन्दाजि ४० वर्षीय करन सिंह बोहराको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार सवारि चालक फरार छन् । चालकको खोजि भइरहेको प्रहरीको भनाइ छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय दार्चुला र इलाका प्रहरी कार्यलय हिकिलाबाट प्रहरी टोली खटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी