ई-घोडाघोडी खबर

१४ जेष्ठ २०८१

  • ट्याक्टर दुर्घटनामा एकको मृत्यु

    ट्याक्टर दुर्घटनामा एकको मृत्यु

    Share

    शेरबहादुर सार्की 

    बाजुरा, कात्तिक ५ गते  बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका –६ जडाङ्गाका अन्दाजी ३७ वर्षीय बहादुर दानी रहनुभएको छ ।

    प्रहरीका अनुसार साँफे मार्तडी राजमार्गमा पर्ने जडाङ्गा नजिकै शनिबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

    एम के कन्ट्रक्सनको कम्पनीमा कार्यरत कर्मचारी दानीले चलाएको सु.प्र ०१ ००२ त ६८२६ नम्बरको ट्याक्टर अनियन्त्रित भइ सडकबाट २० मिटर तल खसेको थियो । सोही दुर्घटनामा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक कविन्द्रसिं बोहराले बताउनुभयो ।

    ट्याक्टर चालक दानीले मदिरा सेवन गरेकाले ट्याक्टर अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीको भनाइ छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री