भावाना जोशी
अत्तरिया, पुस, ८ गते । कैलाली जिल्लाको धनगढी उपमहानगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१८ इ गाउँमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडाका २८ वर्षीय पप्पुबहादुर कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले बताउनु भयो ।
प्रवक्ता चन्दले चालक स्वयंले चलाएको से ५ प ४७७५ नम्बरको मोटरसाइकल शनिबार राति अनियन्त्रित भएर दुर्घटना भएको बताउनु भयो । दुर्घटनामा घाइते कामीलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । टाउकोमा गम्भीर चोट लागेका कामीको उपचारकै क्रममा मृत्यु भएको प्रवक्ता चन्दले बताउनु भयो । दुर्घटनाको विषयमा थप अनुसन्धान जारी रहेको समेत चन्दले बताउनु भयो ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी