कैलालीको फूलबारीमा महिलाको पाठेघरको क्यान्सर पत्ता लगाउन स्क्रिनिङ गरिएको छ । फूलबारी स्वास्थ्य चौकीमा हेल्थ क्याम्प आयोजना गरेर क्यान्सर स्क्रिनिङ गरिएको हो । शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा नेपालगञ्जको समन्वयमा धनगढी उपमहानगरपालिकाले क्याम्पको आयोजना गरेको थियो ।
क्याम्पमा १४ जना महिलाको पाठेघरको भिआइए (भिजुअल इन्पेक्सन विथ असेटिक एसिड) जाँच रिपोर्ट पोजेटिभ आएको छ । १३८ जना महिलाले भिआइए जाँच गराएका थिए ।
यसैगरी, क्याम्पमा दुई जनामा क्यान्सरको पूर्ण आशङ्गा गरिएको धनगढी उपमहानगरपालिकाको कार्यालयले जानकारी दिएको छ । यस्तै, तीन जना बिरामीले फ्लोअप सेवा लिएका छन् । सो क्याम्पमा २८३ जनाले सेवा लिएका धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले जानकारी दिनुभयो ।
पाठेघरको मुखको क्यान्सर पत्ता लगाउनका लागि भिआइए जाँच गरिन्छ । पोजेटिभ आएकाहरुलाई क्यान्सर भइसकेको वा नभएको पत्ता लगाउन एचपिभी डिएनए जाँच गर्ने गरेको जनाइएको छ । नेपालमा पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा रहेको २०२० मा गरिएको एक अध्ययनले देखाएको छ ।
पुरुषका कारण महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको बताइएको छ । यसबाट जोगिनका लागि यौनकार्य पूर्व दुई देखि १४ वर्षमुनिका किशोरीलाई एचपिभी (ह्युमन पपिलोमा भाइरस) खोप दिने गरिन्छ छ भने ३० देखि ४९ वर्षसम्मका महिलाको स्क्रिनिङ गर्ने गरिन्छ ।
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : कालु राम चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
सुचना तथा संचार मन्त्रालय,
दर्ता नं. : 071/72/770,
पान नं.: 602780247