ई-घोडाघोडी खबर

४ श्रावण २०८१

  • आयोजक द रोयल यूवा क्लबको विजयी सुरुवात

    आयोजक द रोयल यूवा क्लबको विजयी सुरुवात

    Share

    असोज १८ ,सुखड,कैलाली

    प्रथम खुला वडा स्तरिय फुटबल प्रतियोगितामा आयोजकले विजयी सुरुवात गरेको छ । ‘हाम्रो गोल लागु औषध बिरुद्धको गोल ’ भन्ने नाराका साथ सोमबार देखि सुरु गरिएको प्रथम खुला वडा स्तरिय फुटबल प्रतियोगिता २०८० को पहिलो संस्करणको चौठो दिन आजको खेलमा जोशीपुरलाई (१) – (३) गोलले पछि पार्दै आयोजक द रोयल यूवा क्लब निम्दीले विजयी सुरुवात गरेको हो । यस्तै आज भएको खेलमा बिजुलिया vs डोडा बिचको ०(५) – ०(४) , अम्मारी (२) – (१) जुरपानी, B.S.F.A.लम्की (४) – (०) बर्दगोरिया बिच भएको थियो ।

     

    कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ३ निम्दीमा   आयोजना गरिएको प्रतियोगितामा ३४ टिमबिचमा प्रतिष्पर्धा भैरहेको छ ।आज  भएको खेलमा चर्चित फुटबलर लगायतको उपस्थिति रहेको थियो ।असोज १९ गते (भोली) हुने खेलहरुमा जनकपुर vs कोटा, लोहरपुर vs भजनी (b), धुसर vs जगन्नाथ सुखड बिच हुने भएको छ ।

    प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद रु ३० हजार, दोश्रो स्थान प्राप्त गर्ने टिमले नगद रु १५ हजार, प्रमाण पत्र मेडल, गोलकर्तालाई रु ५ हजार र खेलको बिद्या अनुसर उत्कृष्ट खेलाडीलाई वेस्ट प्राइज प्रदान गरिने द रोयल यूवा क्लब निम्दीका खेल संयोजक दिपक बोहराले बताए ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री