ई-घोडाघोडी खबर

१९ मंसिर २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • सुदूरपश्चिममा बजेटमाथि सत्तारुढ दलकै आक्रोश

    सुदूरपश्चिममा बजेटमाथि सत्तारुढ दलकै आक्रोश
    Spread the love

    धनगढी — सुदूरपश्चिम प्रदेशसभामा सुरु भएको बजेटमाथि भएको छलफलका क्रममा बिहीबार सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रकै सांसदहरुले चर्को आलोचना गर्दै संशोधनको माग गरेका छन् । प्रमुख प्रतिपक्षी दल एमाले सांसदले भने मुख्यमन्त्रीमाथि सत्तारुढ दलकै अविश्वास भएकाले नैतिक प्रश्न उठिसकेको बताएका छन् । यस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वमा संयुक्त सरकार छ ।

    प्रमुख प्रतिपक्षी दल एमाले सांसद धर्मराज पाठकले मुख्यमन्त्रीमाथि सत्तारुढ दलकै अविश्वास देखिएकाले उनीमाथि नैतिक प्रश्न उठेको बताएका हुन् । उनले बजेटको प्रस्थान विन्दु र गन्तव्य नै ठीक नभएको बताए ।

    बजेटमाथिको छलफलमा बोल्दै नेपाली कांग्रेसका सांसद मेघराज खड्काले बजेटको चर्को आलोचना गरे । खड्काले बजेट दिशाहीन भएको बताउँदै प्रदेश सांसदहरुलाई बेवास्ता बजेट ल्याइएको बताए । माओवादी केन्द्रका सांसद शिवसिंह ओलीले बजेट मनपरी ढंगले आएकाले यथास्थितिमा समर्थन गर्न नसकिने बताउँदै संशोधन हुनुपर्नेमा जोड दिए ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी