अविरल वर्षापछि आएको पहिरोले महाकाली राजमार्ग अवरुद्ध भएको छ । वर्षापछि बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धर्मघरनजिकै आज ११.३० बजे सडक माथिबाट पहिरा खस्दा राजमार्ग अवरुद्ध बनेको हो ।
राजमार्ग अवरुद्ध हुँदा यातायात आवागमन पूर्णरुपमा बन्द भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।
पहिरा पन्छाएर राजमार्ग सञ्चालन गर्न जेसिबी पहिरो खसेको स्थानतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी