ई-घोडाघोडी खबर

१४ जेष्ठ २०८१

  • कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

    कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

    Share

     कैलालीमा मोटरसइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

    जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ तेधरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री  ईशारादेवी धामीको मृत्यु भएको हो। उनी धनगढी उपमहानगरपालिका वडा नम्बर १३ कैलाली गाउँकी हुन्।

    बुधवार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ।  ठक्करबाट गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। धामीलाई ठक्कर दिने से ४ प २५६२ नम्बरको मोटरसाइकल र चालक चुरे गाउँपालिका वडा नम्बर ३ का ठक्करबहादुर लामामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री