ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • मेडिकल कक्षा सञ्चालनको तयारी

    मेडिकल कक्षा सञ्चालनको तयारी
    Spread the love

    डडेलधुरा मेडिकल कलेजमा आगामी माघदेखि कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ। कलेज सञ्चालनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, शिक्षा मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबिच त्रिपक्षीय सम्झौता भएको छ।

    चिकित्सा शिक्षा आयोगको टोलीले डडेलधुरा मेडिकल कलेजमा अध्यापन अनुमति प्रदान गर्नका लागि अनुगमनसमेत गरेको छ।  पाँच वटा विषय अध्यापनको माग गरिएको सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान सङ्कायका डिन हेमनाथ जोशीले बताउनुभयो।

    “हामीले ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी, पब्लिक हेल्थ, फार्मेसी, फिजियोथेरापी र बिएस्सी नर्सिङका कक्षा सञ्चालन गर्नका लागि अनुमति माग गरेका थियौँ,” डिन जोशीले भन्नुभयो, “ती विषयका कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधार र उपकरण छन् वा छैनन् भनेर चिकित्सा शिक्षा आयोगको टोलीले अनुगमन गरेको छ।”

    कक्षा सञ्चालनका लागि १७ जना उपप्राध्यापक र सहप्राध्यापक भर्ना गर्न आवेदन पनि खुला गरिएको छ। सुदूरपश्चिम विश्वविद्यालयको आधार सङ्कायका रूपमा सञ्चालन हुने डडेलधुरा मेडिकल कलेजले अनुमति पाएमा माघदेखि कक्षा सञ्चालन हुने उपकुलपति जोशीले बताउनुभयो।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी