ई-घोडाघोडी खबर

९ माघ २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • सुदूरपश्चिमको बजेट अध्यादेशमार्फत् स्वीकृत गराउने तयारी

    सुदूरपश्चिमको बजेट अध्यादेशमार्फत् स्वीकृत गराउने तयारी
    Spread the love

    अविनाश चौधरी

    धनगढी, असार ३१ गते । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१-८२ का लागि सार्वजनिक गरेको बजेट अध्यादेशमार्फत् स्वीकृत गराउने तयारी भइरहेको छ । चालु आर्थिक वर्ष आज सकिनै लाग्दासम्म बजेट स्वीकृत नभएपछि सरकारले अध्यायदेशमार्फत् बजेट स्वीकृत गराउने तयारी गरिरहेको हो।

    त्यसको लागि अहिले मन्त्रीपरिषद्को बैठक बसिरहेको छ । प्रदेश सरकारले असार १ गते आर्थिक वर्ष २०८१-८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट प्रदेश सभामा प्रस्तुत गरेको थियो । तर पछिल्लो राजनीतिक घटनाक्रमका कारण प्रदेश सरकार अल्पमतमा परेपछि बजेटमा छलफलसमेत हुन सकेन । सभामा बजेट पेस गर्नु भएका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले पदबाट राजीनामा दिइसक्नुभएको छ ।

    बजेट सभामा पेस गर्नुभएका मन्त्री नै पदबाट हटिसकेको अवस्था र आर्थिक वर्षको अन्तिम दिन लागेकाले सरकारलाई अध्यादेशमार्फत् बजेट स्वीकृत गराउनुको विकल्प नरहेको सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता चन्द्रबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार मन्त्रीपरिषद्ले अध्यादेश तयार गरेर स्वीकृतिका लागि प्रदेश प्रमुख समक्ष पठाउने बताउनुभयो । “प्रदेश प्रमुखले अध्यादेशलाई स्वीकृत गर्नैपर्छ”, शाहीले भन्नुभयो, “हैन भने भोलिबाट यो प्रदेश भ्याकुम हुन्छ ।”

    मुख्यमन्त्री दीर्घबहादुर सोडारीले ३० दिनभित्र विश्वासको मत लिन्छु भनिसकेको अवस्थामा प्रदेश सरकारले बजेट स्वीकृतका लागि अध्यादेश ल्याउन पाउने मुख्य न्यायाधिवक्ता शाहीको भनाइ छ । मुख्यमन्त्रीले साउन १८ गतेसम्म विश्वासको मत लिनुपर्ने छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी