ई-घोडाघोडी खबर

१९ मंसिर २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • शिक्षकको माग गर्दै घोडाघोडी नगरपालिकामा धर्ना

    शिक्षकको माग गर्दै घोडाघोडी नगरपालिकामा धर्ना
    Spread the love

    सुुखड कैलाली, २० बैशाख ।

    कैलालीको घोडाघोडी नगरपालिका वडा न १० मा रहेको श्री बाल विकास आधारभुुत विद्यालयका अभिभावकहरू धर्नामा बसेका छन् । विद्यालयमा शिक्षकको माग गर्दै अभिभावकहरू नगरपालिकाको कार्यालयमा धर्ना बसेका हुुन । शिक्षक अभावका कारण बिद्यार्थिहरुको भविष्य माथि खेलबाड भइरहेकाले शिक्षक पुुर्तिका लागि धर्नामा बसेको अभिभावक सिता चौधरी बताउछिन । उनी भन्छिन्,“नगरपालिकाको लापरबाहीका कारण छोराछोरीको भविष्य बिग्रने अवस्था छ जसरी पनि शिक्षक लिएर जान्छौ ।”
    शिक्षक अभावका कारण बिद्यार्थिहरुको पठन पाठनमा समस्या आएकाले धर्नामा बसेको अर्की अभिभावक सीमा देवी कठायत बताउछिन ।
    वि. स २०५६ सालमा स्थापना भएको विद्यालयमा अहिले ५ जना शिक्षकहरू छन् । कक्षा ८ सम्म पढाई हुने विद्यालयमा शिक्षक पुुर्तिका लागि २०७५ साल देखि बारम्बार आग्रह गरे पनि कुनै सुुनुुवाई नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बहादुर कठायत बताउँछन् । आज भोली भन्दा भन्दै बर्छौ बितिसक्दा पनि कुनै सुुनुुवाई नभएपछि धर्नामा बस्न बाध्य भएको उनले बताए ।
    रोकायाका अनुसार यही बैशाख ९ गते सम्म शिक्षक अपुग भएको हरेक ठाउँमा शिक्षक पठाउने नगरपालिकाको आश्वासन थियो तर हाल सम्म पनि त्यो पुरा हुुन सकेको छैन । राज्यले शिक्षकको जिम्मेवारी लिएको छ रोकाया भन्छन्,“यसको परिपूर्ति गर्नु राज्यको दायित्व हो होइन भने हामीलाई नै जिम्मा दिनुुपर्यो आफै गर्छौ ।”
    यो शान्ति पुुर्ण धर्ना रहेको बताउँदै रोकायाले माग पुरा नभए अझै सशक्त रूपमा अघि बढ्ने बताएका छन् ।
    यता नगर प्रमुख खडक रावतले चाडै नै विज्ञापन खुलाई शिक्षक पुुर्ति गर्ने बताएका छन् ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी