ई-घोडाघोडी खबर

७ जेष्ठ २०८१

  • पहिराेले घर पुरिएर आमाछोराको मृत्यु, तीनजना घाइते

    पहिराेले घर पुरिएर आमाछोराको मृत्यु, तीनजना घाइते

    Share

    पहिराेले घर पुरिँदा बैतडीमा आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पुर्चौडी नगरपालिका–२  भैरु टोलका २४ वर्षीया अञ्जु जागरी र ४ वर्षीय रिजन रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । 

    आज बिहान ३ बजे घरमाथिबाट खसेको पहिराेले घर पुँरिदा घरभित्र सुतिरहेका उनीहरुको मृत्युु भएको हो । पहिराेले पुरेर १८ वर्षीय गोब्बर जागरी, ४५ वर्षीया राइमती जागरी र ६० वर्षीया जस्मा बोहरा  घाइते भएका छन् । पहिराेले घर र पशुचौपायामा पनि क्षति पुगेको छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री