धनगढी,कैलाली
पुस १५ काे अवसर पारेर थारु भाषाकाे लाेकप्रिय गित “पन्छी” काे म्युजिक भिडियो सार्वजनिक हुने भएको छ ।
सि.एस. फिल्मस् यु ट्युव च्यानलबाट सार्वजनिक हुने गितमा थारु मेगा स्टार संगत थारु, नायिका तथा माेडेल समु चाैधरी काे अभिनय हेर्न सकिन्छ भने दुई जना नया जाेडीकाे पनि डेभ्यु हुँदै छ । अजय राना र स्मीता पछल्डंगियाले नया जाेडीकाे रुपमा डेभ्यु गरेका छन् ।
यिनिहरुकाे अभिनय हेर्नका लागि पहिलाे पटक प्रकाशन गरेकाे पाेस्टरबाट नै धेरै राम्राेे प्रतिकृया आइरहेकाे छ । पहिलाे पटक थारु म्युजिक भिडियोकाे छायांकन छिमेकि राष्ट्र भारतकाे रमणिय एवं पर्यटकिय क्षेत्र नैनीतालमा भएकाे निर्माण पक्षले जनाएकाे छ ।
अडियाेबाटै चर्चा पाएकाे गितलाई छायांकन तथा सम्पादन सतिश कुमार सिन्हाले गरेका छन् भने निर्देशन भने सुधराम दहितकाे रहेकाे छ ।
गायक आर. के. थारु र गायिका अन्नु चाैधरीकाे स्वरमा रहेकाे गितकाे भिडियोमा ईजरायल हमास आक्रमणबाट नेपालीले भाेगेकाे पीडा देखाउन खाेजिएकाे निर्देशक सुधराम दहितले बताएका छन् । भिडियाेमा एक हसिखुसि परिवारकाे एक जिम्मेवार युवा परिवारकाे जिम्वारी बाेकी विदेशीयकाे चित्रन गरिएको पनि उनले बताए ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी