ई-घोडाघोडी खबर

३० भाद्र २०८१, आईतवार

  • Mohrain Tours and Travels
  • राजधानी पुग्न न प्लेन,न बस

    राजधानी पुग्न न प्लेन,न बस
    Spread the love

    बैतडी समाचारदाता 

    बैतडी, साउन २९ गते । सङ्घीय राजधानी काठमाडौँ जाने बस सेवा बन्द भएको करिब चार वर्ष बितिसकेको छ । प्रदेश राजधानी धनगढीसम्म जोड्ने हवाई सेवा पनि तीन वर्षदेखि ठप्प छ । लामो दुरीको बस र प्रदेश राजधानीको हवाई सेवा बन्द हुँदा बर्खाका बेला स्थानीयलाई मर्का परेको छ । जिल्ला सदरमुकाममा बसपार्क भए पनि काठमाडौँ चल्ने लामो दुरीको बस सेवा सुचारु छैन ।  करिब १७ करोड रुपियाँ खर्च गरेर निर्माण गरिएको पाटन विमानस्थल पनि २०७८ चैत ११ गतेदेखि बन्द छ । विमानस्थलको धावनमार्ग र टर्मिनल भवन आकर्षक छ तर यहाँबाट न हवाई उडान सञ्चालनमा छ, न त काठमाडौँ जाने बस नै पाइन्छ ।

    बैतडीबाट सिधै काठमाडौँ जाने यात्रु नभएका कारण बस सेवा बन्द गरिएको महाकाली यातायात काउन्टरका दानसिंह थापाले बताउनुभयो । त्यस्तै पाटनमा रहेको विमानस्थल कालोपत्रेपछि २०७७ साल असोजमा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले उद्घाटन गर्नुभएको थियो । उद्घाटनपछि एक दिन विमान उडे पनि त्यसपछि भने सुनसान बनेको छ । स्थानीय वसन्त विष्टले हवाई सेवा बन्द हुँदा आकस्मिक उद्धार तथा हवाई सेवाबाट जिल्लावासी वञ्चित भएको बताउनुभयो ।

    महाकाली अञ्चलको पुरानो सदरमुकामसमेत रहेको पाटन विमानस्थल पहाडी सम्पर्क केन्द्रका रूपमा परिचित रहेको थियो । देशका १० वटा नयाँ सहरमध्ये पाटनमा पनि नयाँ नमुना सहर आयोजनाको कार्यालय स्थापना भएको छ । पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहोराले राज्यले करोडौँ रुपियाँ खर्च गरेर बनाएको विमानस्थलमा हवाई सेवा नियमित गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले सरकारी स्वामित्वका एयरलाइन्स सञ्चालनका लागि पहल गरेर हवाई सेवा दिनुपर्ने बताउनुभयो ।

    ई-घोडाघोडी खबर
    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247