रानी जमरा सिँचाइ आयोजनाको नहरमा डुबेर एक शिक्षकको मृत्यु भएको छ।
जिल्लाको लम्किचुहा नगरपालिका-३ बल्चौरस्थित रानी जमरा सिँचाइ आयोजनाको नहरमा पौडी खेल्ने क्रममा लम्किचुहा–५ का ३४ वर्षीय शिक्षक जब्बर बडुवालको डुबेर निधन भएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ। स्थानीयले पानीबाट निकालेर उपचारको लागि लालरत्न अस्पताल लम्की लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी