जेलबाट छुटेसँगै नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले कैलालीको टीकापुरलाई छुट्टै जिल्ला बनाउने बताएका छन्।
उनले अलगै जिल्ला बनाउँदैमा विकास नरोकिने भन्दै टीकापुरलाई जिल्ला बनाइयो भने नेपालको विकास हुने बताए। नेपालको विकासमा एउटा इट्टाको आयाम थपिने उनको दाबी छ। उनले पहिचानसहितको प्रदेश मागेको समेत बताए। भर्खरै कोशी प्रदेशको कुरा आयो।
अञ्चलको नाम कोशी, नदीको नाम कोशी अनि प्रदेशको नाम पनि कोशी लिम्बूवान र किराँत राख्नेबित्तिकै सबैभन्दा धेरै त्यो ठाउँका नागरिकहरू खुशी हुने भन्दै पहिचान र जातीय आधारमा नामाकरण गर्नुपर्नेमा जोड दिए।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी