ई-घोडाघोडी खबर

७ जेष्ठ २०८१

  • निर्धन उत्थान लघुबित्त वित्तिय संस्थाको ग्रामीण लघुकर्जा विमा वितरण कार्यक्रम सम्पन्न

    निर्धन उत्थान लघुबित्त वित्तिय संस्थाको ग्रामीण लघुकर्जा विमा वितरण कार्यक्रम सम्पन्न

    Share

    सुखड कैलाली ।
    निर्धन उत्थान लघुबित्त वित्तिय संस्था सुखडले लघुकर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ । घोडाघोडी नगरपालिका वडा न ४ को गैडाखेडा महिला समुहका सदस्य शान्ति देबि थापा मगरको मृत्यु भएपछि मगरको परिवारलाई संस्थाले ग्रामीण लघुकर्जा विमा वितरण गरेको हो । शान्ति देबिको २ लाख २५ हजार कर्जा रहेको थियो । उनको श्रीमान गोपाल सिं थापा मगरलाई बिमा वापतको ३ लाख ४५ हजार २५ रुपैया प्रदान गरेको हो । शान्ति देबिको गएको ज्येष्ठ ६ गते मृत्यु भएको थियो ।

     

    आज घोडाघोडी नगरपालिका वडा न ४ माघिमा संस्थाले एक कार्यक्रमको आयोजना गरि उक्त रकम हस्तान्तरण गरेको हो । कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै घोडाघोडी नगरपालिका वडा न ४ का अध्यक्ष भरत बहादुर शाहिले वित्तिय संस्थाहरुले सहज रुपमा ऋण प्रदान गरेर गाउमा सहज गराएको भएपनि ऋण लिने र दिनेले बिचार पुर्याउनु पर्ने बताए ।पछिल्लो समय वित्तिय संस्थाहरु प्रति बितृष्णा बढ्दै गएको बताउदै शाहिले भने,बचत गर्दा ध्यान पुर्याउनुपर्छ । समुहका अध्यक्ष अस्मिता चौधरीको सभापत्विमा सम्पन्न भएको कार्यक्रममा शाखा प्रमुख खेम कुमारी भन्डारी लगायत समुहका सदस्यहरुको पनि सहभागिता रहेको थियो सो कार्यक्रम सञ्चालन संस्थाका लेखापाल प्रयाग राज पाण्डेले गरेका थिए ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री