ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • नेम्वाङको निधनपछि समाजवादी मोर्चाको कार्यक्रम स्थगित

    नेम्वाङको निधनपछि समाजवादी मोर्चाको कार्यक्रम स्थगित
    Spread the love

    संविधान सभाका अध्यक्ष तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको गए राति असामयिक निधन भएपछि आज धनगढीमा आयोजना गरिएको समाजवादी मोर्चाको कार्यक्रम स्थगित गरिएको छ ।

    प्रधानमन्त्री तथा नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरूको उपस्थितिमा हुन थालेको समाजवादी मोर्चाको  कार्यक्रम हुन थालेको थियो ।

    मैले ५० वर्ष उहाँ (सुवास नेम्वाङ ) र मैले ५० वर्ष सँगै काम गर्‍यौ, उहाँको दुःखद निधन भएको बेला कसरी कार्यक्रम गर्ने, स्थगित गरौँ भनेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भनेपछि कार्यक्रम स्थगित भएको सो पार्टीका कैलाली जिल्लाका सचिव दीर्घ जोशीले बताउनुभयो ।

    यसअघि पनि भदौ १३ गते धनगढीमा तय गरिएको मोर्चाको कार्यक्रम अन्तिम चरणमा आएर स्थगित भएको थियो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी