ई-घोडाघोडी खबर

३ फाल्गुन २०८१, शनिबार

  • Mohrain Tours and Travels
  • एसइई नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

    एसइई नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा
    Spread the love

    काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ( एसइई) को नतिजा सार्वजनिक गरेको छ।

    बिहीबार बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेसँगै पत्रकार सम्मेलनमा नतिजा प्रकाशन भएको परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए।

    बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले भने, ‘नतिजा सार्वजनिक भइसक्यो, विद्यार्थीहरूले आफ्नो नतिजा हेर्न सक्ने छन्।’

    एसइई गत चैत १७ गते देखि २९ गतेसम्म सञ्चालन भएको थियो। बोर्डका अनुसार परीक्षामा ५ लाख १६ हजार ५९१ जना परीक्षार्थीहरू सहभागी भएका थिए।

    बोर्डले पुरानै ग्रेडिङ पद्धतिअनुसार नतिजा सार्वजनिक गरेको छ। विद्यार्थीले नतिजा वेबसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिने गरी बोर्डले व्यवस्था गरेको छ। बोर्डका अनुसार परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिनेछ। 

    त्यस्तै, एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ। एसएमएसका लागि १६००, ३१००३, ३४९४९,  ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरिएको छ।

    बाेर्डले नतिजाका हेर्नका लागि बोर्डअन्तर्गतको कक्षा-१० को परीक्षा नियन्त्रण कार्यालयको बेवसाइट www.see.gov.np  मा पनि हेर्न सकिने जनाएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी