कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले भारतविरूद्ध आजको खेलमा शतक हान्ने खेलाडीलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ।
यस्तै, चार विकेट लिने खेलाडीलाई पनि जनही एक/एक लाख दिने भएको छ।
एशिया कपमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ। नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै एशिया कप क्रिकेट प्रतियोगिता २०२३ मा श्रीलंकामा शतक हान्ने नेपाली खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो।
नेपाली राष्ट्रिय क्रिकेट टिमको उच्च सम्मानका लागि पुरस्कार दिएर हौसला बढाउन खोजिएको विज्ञप्तिमा उल्लेख छ।
सोमबार बसेको नगर प्रमुख स्तरीय बैठकले यस्तो निर्णय गरेको नगर प्रवक्ता लालबहादुर ऐरले जानकारी दिए। शुक्लाफाँटा नगरपालिकाले यसअघि पनि खेलाडीलाई सम्मान गरेको थियो।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी