ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • प्रदेश सभाको विशेष अधिवेशन अन्त्य

    प्रदेश सभाको विशेष अधिवेशन अन्त्य
    Spread the love

    अविनाश चौधरी

    धनगढी, साउन २४ गते । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख नजिर मियाँले गएराति १२ बजेबाट लागु हुनेगरी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गर्नु भएको हो ।

    गत असारमा मनसुनजन्य विपत्ले प्रदेशमा गरेको क्षतिको सन्दर्भमा छलफलका लागि प्रदेश प्रमुख मियाँले साउन ८ गते विशेष अधिवेशन आह्वान गर्नु भएको थियो । चालु अधिवेशन अन्त्यका लागि प्रदेश सरकारले प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।

    बजेट र त्यससँग सम्बन्धित ऐन पारित नभएपछि चालु आर्थिक वर्षको सुरुवातबाट प्रदेश सरकारले राजस्व सङ्कलन गर्न सकेको छैन । यसैगरी, बजेट शून्यताको कारण खर्चको बाटो पनि बन्द छ ।

    दैनिक ४० लाख रुपियाँ राजस्व गुमाइरहेको प्रदेश सरकार राजस्व सङ्कलनसम्बन्धी अध्यादेश ल्याउने तयारीमा जुटेको छ । सरकारले सुदूरपश्चिम सामूहिक करसम्बन्धी अध्यादेश २०८१ ल्याउने गृहकार्य गरिरहेको छ । त्यसलाई मूर्तरुप दिन अहिले मन्त्रीपरिषद्को बैठक बसिरहेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी