ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • सुदूरपहाडका ६ जिल्लामा विद्युत सेवा बन्द

    सुदूरपहाडका ६ जिल्लामा विद्युत सेवा बन्द
    Spread the love

    सुदूरपश्चिम प्रदेशका पहाडी ६ जिल्लाको विद्युत सेवा बन्द भएको छ।

    नेपाल विद्युत प्राधिकरण, प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जंगबहादुर चन्दका अनुसार दार्चुला बाहेकका जिल्लामा विद्युत सेवा बन्द भएको हो।

    आइतवार बिहानदेखि ६ पहाडी जिल्लाको विद्युत सेवा बन्द भएको हो। डोटीको रुवसकाँडामा एक सय ३२ केभी प्रशारण लाइनको तार टुटेपछि विद्युत सेवा अवरुद्ध भएको हो। 

    अत्तरियादेखि स्याउले सव स्टेशन जोड्ने ट्रान्समिसन लाइनको रुवसकाँडास्थित टावरको एउटा तार टुटेको हो। मर्मतका लागि समय लाग्ने देखिएको छ। विद्युत सेवा अवरुद्ध हुँदा पहाडी जिल्लाका उपभोक्ता समस्यामा परेका छन्।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी