ई-घोडाघोडी खबर

१७ कार्तिक २०८१, शनिबार

  • Mohrain Tours and Travels
  • सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दै, शोक प्रस्ताव पास हुने

    सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दै, शोक प्रस्ताव पास हुने
    Spread the love

     सुदूरपश्चिम प्रदेश सभाको बैठक आज साँझ ४ बजे बस्ने भएको छ । सो बैठकबाट असार ५ गते सडक दुर्घटनामा परेर ज्यान गुमाएका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहप्रति शोक प्रस्ताव पारित गर्ने कार्यक्रम छ ।

    शोक प्रस्ताव लगत्तै बैठक सकिने सोमबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीले बताउनुभयो । सभामुख भीम भण्डारीले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा बजेटको छलफल कहिले गर्ने भन्ने टुङ्गो नलागे पनि हामी सबैले भोलि मङ्गलवार नै छलफल गर्नुपर्ने धारणा राख्यौ डा. जोशीले बताउनुभयो । 

    बजेट बारे सत्ता पक्षबीच नै एकमत नहुँदा प्रदेश सभामा बजेट बारे छलफल भएको छैन । आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीले असार १ गते आर्थिक वर्ष २०८०-0८१ को लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो । बजेट प्रस्तुत भएपछि अहिलेसम्म बैठक बस्न सकेको थिएन । बजेट प्रस्तुत भएपछि आज पहिलो पटक बैठक बस्न लागेको हो । बजेट असारभित्र नै पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

    सत्ता पक्षका नेपाली काँग्रेस, नेकपा (माओवादी), नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरूले काठमाडौँसम्म पुगेर समेत शीर्ष नेताहरूसँग बजेट बारे असन्तुष्टि पोखेका छन् ।

    आइतबार धनगढीमा बसेको काँग्रेस संसदीय दलको बैठकमा समेत प्रदेश सभा सदस्यहरूले चर्को असन्तुष्टि व्यक्त गरेका थिए । बैठक मुख्यमन्त्री समेत रहेका काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा बसेको थियो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी