ई-घोडाघोडी खबर

५ चैत्र २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • सुदूरपश्चिममा गठबन्धन र एमालेबाट उम्मेदवारी दर्ता

    सुदूरपश्चिममा गठबन्धन र एमालेबाट उम्मेदवारी दर्ता
    Spread the love

    आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का तर्फबाट उम्मेदवार बनेका उम्मेदवारहरूले सोमबार उम्मेदवारी दर्ता गराएका छन् ।

    यस्तै, गरेर नेकपा (एमाले) का उम्मेदवारले पनि उम्मेदवारी दर्ता गराएका छन् । धनगढीस्थित निर्वाचन आयोगको प्रदेश निर्वाचन कार्यालय धनगढीमा सत्तारुढ गठबन्धन र एमालेका उम्मेदवारको उम्मेदवारी दर्ता भएको हो ।

    निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टका अनुसार सत्तारुढ गठबन्धनबाट काँग्रेसले अन्यबाट कञ्चनपुरका बलदेव बोहरा र अपाङ्ग तथा अल्पसङ्ख्यक कैलाली कांग्रेसका सभापति नारायणदत्त भट्टले उम्मेदवारी दर्ता गर्नुभएको छ  ।

    बोहरा कांग्रेसका कञ्चनपुर सभापति, जिल्ला विकास समितिका सभापति र संविधान सभा सदस्य पनि भइसक्नु भएको छ । यस्तै, कैलालीका भट्ट दोस्रो जनआन्दोलनबाट घाइते भएर अपाङ्गता हुनुभएको छ ।

    यस्तै, सत्ता गठबन्धनबाटै महिलाबाट माओवादी केन्द्रका रेनु चन्दले उम्मेदवारी दर्ता गर्नुभएको छ । चन्द २०६४ सालको संविधान सभा सदस्य पनि हुनुहुन्छ ।

    एमालेबाट अन्यबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल, महिलाबाट कैलालीकी सावित्री घिमिरे र  अपाङ्ग तथा अल्पसङ्ख्यक कैलालीकै रामचन्द्र जोशीलाई उम्मेदवारी दर्ता गर्नुभएको छ ।

    खरेल केन्द्रीय लेखा आयोग सदस्य हुनुहुन्छ भने घिमिरे अनेमसङ्घ कैलालीकी पूर्वअध्यक्ष हुनुहुन्छ । जोशी एमालेको भ्रातृ सङ्गठन अपाङ्ग सङ्घका केन्द्रीय सदस्य हुनुहुन्छ ।

    सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्यका सदस्यहरू नेकपा (माओवादी केन्द्र) का हरिराम चौधरी उत्सव र महेश महरा तथा नेकपा (एमाले) का इन्दु कडरियाको पदावधि सकिन लागेको हो ।

     

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी