ई-घोडाघोडी खबर

९ माघ २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • दश फरार प्रतिवादी पक्राउ

    दश फरार प्रतिवादी पक्राउ
    Spread the love

     कैलाली प्रहरीले फरार रहेका १० जना प्रतिवादीलाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ परेका प्रतिवादीहरुलाई सजाय भुक्तानका लागि कैलाली जिल्ला अदालतमा बुझाएको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो । पक्राउ पर्नेमा लागुऔषध मुद्दाको गोदावरी नगरपालिका–२ बस्ने ३२ वर्षीय सञ्जय जनाला सुनार, बैङ्किङ कसुर मुद्दाको गोदावरी नगरपालिका–१० का २४ वर्षीय पवन रावत, जालसाझी मुद्दाको भजनी नगरपालिकास्थित बिजुलियाका ४० वर्षीय खुशीराम डङ्गौरा, सोही ठाउँकै चन्नी डङ्गौरा थारु छन् ।

    यस्तै, भजनी नगरपालिका–१ भजनी बजार बस्ने चेक अनादर मुद्दाका प्रतिवादी ३६ वर्षीय पुरन जैशी, लागुऔषध खैरो हेरोइन मुद्दाको प्रतिवादी लम्कीचुहा नगरपालिका–१० का भूपेश भन्ने शिशिर थापा पनि पक्राउ परेका छन् । थापालाई अदालतले नौ वर्ष ९ महिना २२ दिन कैद सजाय र १० लाख जरिवाना सुनाएको छ ।

    यसैगरी, जुवा मुद्दाको प्रतिवादी टीकापुर नगरपालिका–१ का नृपबहादुर विष्ट, गाली बेइज्जती मुद्दाको सोही ठाउँकै मीनबहादुर कुँवर सङ्गीता कुँवर र ज्यान मार्ने मुद्दाको २९ वर्षीय सोनु बोगटीलाई प्रहरी पक्राउ गरेको छ । सोनुलाई अदालतले पाँच वर्ष कैद सजाय सुनाएको जनाइएको छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी