ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • सुदूरपश्चिमका थारु समुदायले आज अट्वारी पर्व मनाउदै

    सुदूरपश्चिमका थारु समुदायले आज अट्वारी पर्व मनाउदै
    Spread the love

    सुदूरपश्चिमका थारु समुदायले आज अट्वारी पर्व मनाउदै छन्। अट्वारी पर्व सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लाका साथै लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया जिल्लामा बसोबास गर्ने थारु जातिले मनाउँदै आएका छन्।

    थारु बस्तीमा यो पर्वको उल्लास बढेको छ। अट्वारी पर्व थारु समुदायको नितान्त मौलिक पर्व हो। अट्वारी पर्वमा थारु जातिले महाभारतका प्रमुख पात्र पाँच पाण्डवमध्येका माइलो भाइ भीमको श्रद्धापूर्वक पूजाआजा गर्दछन्।

    ‘भेंवा’ को नामले थारु जातिले पुकारेर थारु समुदायमा पूजा गरिन्छ। आइतवार भन्दा अघिल्लो राति (शनिवार) दर खाने र आइतवार व्रत बस्ने गरिन्छ। व्रत बसेको दिन पूजा सकेर फलफूल मात्रै उपभोग गरिन्छ। तर सूर्यास्तपछि खानपान पुरै बन्द गर्नु पर्ने हुन्छ।

    त्यसपछि, सोमवार विहानै पूजापाठ अर्थात ‘फरहार’ गरिन्छ। बनाइएको विभिन्न परिकारहरुलाई दुई भागमा छुट्टाछुट्टै छुट्यान्छ। छुट्याएको भाग चेलीबेटीहरूलाई अग्रासन (कोसेली) स्वरूप दिनको लागि राखिन्छ भने एक भाग व्रतालुहरूले उपभोग गर्छन्। जसलाई फरहार भन्ने गरिन्छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी