पटक पटक विवादमा आइरहने कैलालीको घोडाघोडी नगरपालिकाका हाकिम दिपक कुमार आचार्यको सरुवा भएको छ । उनको ठाउँमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दान बहादुर ऐडीलाई खटाएको छ ।
मन्त्रालयको पत्रलाई आधार मानेर प्रमुख प्रशासकीय अधिकृत आचार्यको बिहीबार बिदाइ गरिएको नगरपालिका श्रोतले जनाएको छ । उनको सरुवा कहाँ भएको हो भन्ने आएको छैन नगरपालिका श्रोतले भन्यो,… उनी तत्काल मन्त्रालय जाने तयारीमा छन् ।
उसो त यस अघि पुस २८ गते आचार्य सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा सरुवा भएका थिए । मन्त्रालय सरुवा भएका आचार्यले नगरपालिकाको सरकारी आवास महिनौँ सम्म नछोडे पछि त्यस बेला घोडाघोडी सरुवा भई आएका लक्ष्मण कठायत समेत समस्यामा परेका थिए । अन्ततः पहुँच र पावरको भरमा उनी पुनः घोडाघोडी मै सरुवा मिलाएका थिए ।
तर यस पटक भने उनले सरकारी क्वाटरमा डेरा जमाउन चाहेनन् । ऐडीलाई कामकाजमा खटाएको मन्त्रालयको पत्रलाई आधार मानेर पत्र आएको २४ घण्टा नबित्दै उनले रमाना बुझेका छन् । यो पत्र आधिकारिक हो भन्ने त मलाई लागेको छैन । बिदाइ कार्यक्रममा बोल्दै आचार्यले भने,… “तर म अब यहाँ बस्न चाहन्न । मैले बिहानै रमानामा बाहेक अन्यत्र हस्ताक्षर गर्दिन भनेर बसेको थिए । त्यही अनुरूप अघि बढेको छु । म विरुद्ध लाग्ने सबैले अब खुसीयाली मनाउनु होला ।”
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी