ई-घोडाघोडी खबर

९ माघ २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • पालिकाले ढुवानीका लागि अनुदान दिएसँगै गाउँमा उत्पादन भएको प्याजले बजार पायो

    पालिकाले ढुवानीका लागि अनुदान दिएसँगै गाउँमा उत्पादन भएको प्याजले बजार पायो
    Spread the love

    बाजुरा, कात्तिक १४ गते । स्वामिकार्तिक खापर गाउँपालिका–१, बाहुनी र रुडीमा उत्पादन गरिएको प्याजले बजार पाएको छ । स्थानीय पालिकाले ढुवानीका लागि अनुदान दिएसँगै गाउँमा उत्पादन भएको प्याजले बजार पाएको हो ।

    बाहुनी र रुडीका स्थानीय किसानले गत असारमा उत्पादन गरेको प्याज ढुवानी तथा बजारको अभावमा बिक्री नभई गाउँमै भण्डार गर्नु परेको थियो । यतिबेला जिल्लामा प्याजको अभाव भएसँगै गाउँपालिका र कृषि ज्ञान केन्द्रले ढुवानी अनुदान दिएको हो ।

    सडकको समस्या र बजारको अभावले गर्दा बाहुनी र रुडीका कृषकले उत्पादन गरेको सयौँ क्विन्टल प्याज भण्डारमा थन्किँदै आएको स्वामिकार्तिक–१, बाहुनीका कृषक दीपक विकले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले ग्रामीण सडक सुचारु भएसँगै गाउँपालिका र कृषि ज्ञान केन्द्रले ढुवानी अनुदानमा प्याज बिक्रीका बजार पठाइएको छ ।” यसरी गाउँमा उत्पादन भएको प्याजले बजार नपाउँदा बिग्रिने हो कि भन्ने चिन्तामा किसान थिए । अहिले गाउँपालिका र कृषि ज्ञान केन्द्रको सहयोगमा प्याज बजारमा पुगेर धमाधम बिक्री हुन थालेको बताइएको छ ।

    कार्तिक स्वामी बहुउद्देश्यीय संस्थाका अध्यक्ष मेघराज शाहीको सक्रियतामा बाहुनी र रुडीका कृषकले उत्पादन गरेको प्याज बजारमा लगिएको विकले बताउनुभयो । अविरल बर्सातका कारण सडक अवरुद्ध बन्दै गएपछि प्याज बजारमा पु¥याउन सकस भएको थियो ।

    गाउँपालिकाले ग्रामीण सडक निर्माण गरी सवारीसाधन सुचारु भएसँगै स्थानीयस्तरमा उत्पादन गरेको प्याजलाई ढुवानी अनुदानमार्फत जिल्लाका विभिन्न बजारमा पठाइएको स्वामिकार्तिक गाउँपालिकाले जनाएको छ ।

    आर्थिक अवस्था मजबुत गर्ने गरी गाउँपालिकाले पछिल्लो समय यहाँका किसानलाई कृषिमा उत्प्रेरित गर्दै आएको छ । कृषिक स्थानीय उत्पादनमा लागिपरेको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका किसानले गाउँबस्तीमा उत्पादन गरेका कृषिजन्य वस्तुलाई बजारको समस्या भएपछि बिक्रीका लागि बाहिर लानु परेको छ ।”

    प्रदेश भूमि तथा कृषि सहकारी मन्त्रालयको आर्थिक सहयोगमा बाहुनीमा प्याज सङ्कलन केन्द्र निर्माण गरेसँग यहाँका स्थानीयको प्याज स्टोरेज गर्न पनि सहज भएको थियो ।

    यहाँको करिब सय क्विन्टल प्याज दसैँ र तिहारका बेला जिल्लाको धुलाचौर, कोल्टी, मार्तडी, फालासैन, बाम्कालगायतका बजारमा बिक्री भइरहेको पालिका अध्यक्ष रोकायाले बताउनुभयो ।

    पछिल्लो समयमा बाजुराका अधिकांश कृषकलाई तरकारी खेतीमा उत्प्रेरित गर्दै आएकाले स्वामिकार्तिक गाउँपालिकाका कृषकले गाउँमै प्रशस्त मात्रामा प्याज उत्पादन गर्दै आएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी