कञ्चनपुरको दैजी–छेलामा औद्योगिक क्षेत्र निर्माणले अब गति लिने अपेक्षा गरिएको छ। विविध प्रक्रियागत झनझटका कारण लामो समय चर्चामा मात्र सिमित बन्न पुगेको सो औद्योगिक क्षेत्र निर्माणले अब भने गति लिनसक्ने अपेक्षा सम्बद्ध अधिकारीहरुले नै गरेका छन्। औद्योगिक क्षेत्र प्रस्ताव भएको २८ वर्षपछि रुख कटानका लागि लगत सङ्कलन कार्य सकिएसँगै अब निर्माणले गति लिने अपेक्षा गरिएको हो।
बेदकोट नगरपालिका–२ र ३ मा पर्ने सामुदायिक वनमा दैजी–छेला औद्योगिक क्षेत्रको स्थापना गर्न करीब अढाइ वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए। त्यतिबेला तत्काल काम अघि बढ्ने उद्घोष गरिएको भए पनि काम हुन सकेको थिएन्। २०५२ सालमा दैजी–छेला औद्योगिक क्षेत्र निर्माणका लागि प्रस्ताव भएको थियो।
जिल्लाको बेदकोट नगरपालिका–२ र ३ को वन क्षेत्रमा २०७२ मा सरकारले चार किल्ला तोकेर ९ सय बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो। डिभिजन वन कार्यालयले दुई वर्ष लगाएर औद्योगिक क्षेत्रमा पर्ने रुखको लगत सङ्कलनको काम भने हालै मात्र पुरा गरेको छ। ब्रह्मदेव सब डिभिजनका कर्मचारी खटाएर रुखको लगत सङ्कलन कार्य पुरा गरिएको छ।
कार्यालयका सूचना अधिकृत शिवराज अवस्थीले प्रस्तावित क्षेत्रमा पर्ने जनचेतना सामुदायिक वनमा १९ हजार ८ सय दुई र बेदकोट सामुदायिक वनमा २३ हजार चार सय ५५ रुखको लगत सङ्कलन भएको छ। ‘वन विभागले माग गरे अनुसार सो क्षेत्रको चार किल्ला, क्षेत्रफल, नापीको नक्सा लगायतका कागजात मागिएको छ।’ विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा २५ हजार रुख पर्ने देखाइए पनि अहिले ४३ हजार बढी रुख रहेको सूचना अधिकृत अवस्थीले बताए।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी