ई-घोडाघोडी खबर

७ जेष्ठ २०८१

  • घोडाघोडीमा स्वास्थ्यकर्मीका लागि तिन दिने तालिम सम्पन्न ।

    घोडाघोडीमा स्वास्थ्यकर्मीका लागि तिन दिने तालिम सम्पन्न ।

    Share

    सुखड कैलाली ।
    सामाजिक ब्यवहार परिर्वतन सञ्चार सम्बन्धि ३ दिने तालिम कैलालीको घोडाघोडी नगरपालिकामा समपन्न भएको छ । समुदाय सहभागिता तथा मानव केन्द्रित डिजाईन मार्फत सामाजिक ब्यवहार परिवर्तन सम्बन्धि तालिम बिहिबार सम्पन्न भएको हो । घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावतको  अध्यक्षतामा सम्पन्न भएको तालिममा बोल्दै सहभागि राम प्रसाद चौधरीले बिभिन्न डिजाईनहरु फेल भएपछिको मानव केन्द्रित यो डिजाईन नया लागेको बताए । उनले भने, यो तालिम हामि स्वास्थ्यकर्मिका लागि नया र लाभदायि छ ।
    समापन कार्यक्रममा बोल्दै बास नेपालका अनुगमन अधिकृत हरि प्रसाद जोशिले यो तालिम अन्तिम नभई स्वास्थ्यकर्मिहरुको सुरुवाति चरण रहेको बताए । खोपलाई प्रभावकारी बनाउनका लागि परियोजना अनर्तगत स्थानीय तहसंगको समन्वयमा अगाडि बढ्ने उनले बताए ।
    तालिमलाई समापन गर्दै नगर प्रमुख खडक रावतले तालिममा सिकेका कुराहरुलाई समुदाय स्तर सम्म पुर्याउनुपर्ने बताए । उनले भने, हामि सबैको बानि हुन्छ तालिममा सिकेका कुराहरुलाई आफैमा सिमित राख्दछौ समुदायमा पुग्न नसके पनि अफिसका स्टाफ सम्म तालिममा सिकेका कुराहरुलाई पुर्याउन सके पनि प्रभावकारी रहन्छ ।


    गत आर्थिक बर्षमा मात्रै १२ ओटा मिस डोज भेटिएको बताउदै उनले भने,खोज र खोप अभियान नगरपालिकामा निरन्तर चलाईरहेका छौ । बास नेपालको आयोजनमा भएको यो तालिमले ब्यवहार परिवर्तनमा परिवर्तन हुने उनको विश्वास थियो ।
    ३ दिन सम्म सञ्चालन भएको तालिममा घोडाघोडी नगरपालिका भित्रका २० जना स्वास्थ्यकर्मिहरुको सहभागिता रहेको थियो । अशोक जोशिले प्रशिक्षण दिएको कार्यक्रमको सञ्चालन बास नेपाल घोडाघोडी नगरपालिकाका सामाजि परिचालक ईन्द्रा केसीले गरेकि थिईन ।
    युनिसेफको सहयोग तथा बास नेपालको आयोजनामा सञ्चालित सामाजिक तथा ब्यवहार परिवर्तन सञ्चार कार्यक्रम कर्णाली र सूदुरपश्चिम प्रदेशमा सञ्चालीत छ ।

     

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री