बझाङ — सुतिरहेको अवस्थामा बझाङको सदरमुकाम चैनपुरमा आमा र बच्चामाथि छुरा प्रहार भएको छ । सदरमुकाम चैनपुरको प्रशासन रोडस्थित चौगाउँटोलमा भएको उक्त घटनामा तीन जना घाइते भएको छन् ।
छुरा प्रहारबाट चैनपुरमा कोठा भाडामा लिएर बस्दै आएकी २७ वर्षीया सुनिता विक र उनका छोराहरू ७ वर्षीय आदित्य र ४ वर्षीय एबल विक घाइते भएका छन् । मध्यराति १२ बजेतिर अनुहार मास्कले ढाकेको एक व्यक्ति कोठाभित्र प्रवेश गरेको र उसले सुरुमा बच्चालाई छुरा प्रहार गरेको घाइतेका श्रीमान् कलक विकले बताए ।
‘बच्चाहरू रोएपछि श्रीमती उठिछन् । उनलाई पनि छुरा हानेछ । उनीहरू कराउन थालेपछि मोबाइल लिएर भागेको रहेछ,’ उनले भने ।
छुरा प्रहारबाट घाइते तीनै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । छुरा प्रहारबाट आमाको घाँटी र छातीमा चोट लागेको छ भने बच्चाहरूको अनुहार, छाती, घाँटी र पिठ्युँमा अन्धाधुन्ध छुरा प्रहार गरेको घाउ रहेको तर तीनै जनाको अवस्था खतरामुक्त रहेको जिल्ला अस्पतालका प्रमुख डा. नवराज जोशीले बताए ।
‘सीसी टीभी लगाएको प्रहरीको चौबिसै घण्टा गस्ती हुने ठाउामा यसरी आक्रमण हुन्छ भने कहाा गएर बस्ने ? बच्चाहरू कसरी जोगाउने ?’ चौगाउँ टोलमा बस्ने लक्ष्मी बोहराले भनिन् ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी