ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • मञ्जुको हत्या गर्ने तीन महिला पक्राउ

    मञ्जुको हत्या गर्ने तीन महिला पक्राउ
    Spread the love

     एक महिलाको हत्या गरेको आरोपमा कैलाली प्रहरीले तीन महिलासहित चार जनालाई पक्राउ गरेको छ ।

    लम्कीचुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया मञ्जु रावलको हत्या गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा मृतककी सौता ४० वर्षीया गोमा रावल, गोमाकी छोरी वर्षा रावल, २४ वर्षीय भतिजा भरत रावल र अछामको पञ्चदेवल विनायक नगरपालिका–६ बस्ने ३७ वर्षीया सरिता रावल छन् ।

    जिल्ला प्रहरी कार्यकालका अनुसार मञ्जु र गोमा सौता हुन । उनीहरूको श्रीमान् जनकबहादुर रावलको २०७७ चैत ४ मा मृत्यु भएपछि कान्छी मञ्जु र जेठी गोमाबीच जग्गाको अंश विवाद सृजना भएको थियो । सोही विवादमा मञ्जुको हत्या गरेको आरोपमा आरोपितहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार गत जेठ २५ गतेबाट बेपत्ता मञ्जुको डेढ महिनाभन्दा बढी समयपछि आइतबार मोहन्याल गाउँपालिका–५ स्थित बाँसघारी सामुदायिक वनको सेती खोर खोला नजिक खोल्सामा कुहिएको शव फेला परेको छ । ढुङ्गामुनि च्यापिएको शवको वरपर कङ्कालका केही टुक्रा पनि छरिएर फेला परेको थियो । हड्डीमा बेरिएको गुलाबी रङ्गको कुर्ता सुरुवालका आधारमा मृतकका छोरा विवेकले कपडा आफ्नो आमाको रहेको सनाखत गरेपछि प्रहरीले थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

    प्रतिवादी सरिता रावलले दिएको बयान र देखाएको स्थानको आधारमा मृतकको कङ्काल फेला पारिएको हो । जेठ २५ गते वकिललाई भेट्न मसुरिया जान्छु भनी घरबाट निस्किएकी मञ्जु सोही दिनबाट बेपत्ता हुनुभएको थियो । बेपत्ता भएको दिनबाटै आमाको मोबाइलसमेत बन्द रहेको भन्दै खोजी कार्य गरी दिनका लागि मृतकका छोरा विवेकले असार १ गते इलाका प्रहरी कार्यालय लम्कीमा निवेदन दिनुभएको थियो । उक्त घटनाको अनुसन्धान गर्दै जाँदा जग्गाको विवादमा मञ्जुको हत्या भएको आशङ्कामा प्रहरीले आरोपितहरूलाई पक्राउ गरेको हो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी