ई-घोडाघोडी खबर

३ फाल्गुन २०८१, शनिबार

  • Mohrain Tours and Travels
  • आजको आवश्यकता संस्कार सहितको जीवन उपयोगि शिक्षा हो

    आजको आवश्यकता संस्कार सहितको जीवन उपयोगि शिक्षा हो
    Spread the love

    तिर्थ नेपालि

    असार १७ काठमाण्डौ

    केही दिन अगाडी मात्र प्रकाशित भएको माध्यामिक शिक्षा अन्तर्गत एस ईइको नतिजाले साँझ बिहान नभनी, हार्दिक बदाई तथा नतिजा कम्जोर आएका विद्यालका शिक्षकहरुलाई मौसमी गालिको वर्षो गरेका पोष्टहरु पनि खुबै हेरियो । तर एकाद्ध शिक्षक तथा अभिभावकबाट मात्रै सुन्नियो गल्ती कमी कमजोरी सबैका छन् ।

    विध्यार्थी ,शिक्षक अभिभावक ,विद्यालय व्यवस्थापन समितिहरुको यी सबै पक्षले आत्मा आलोचना गरे सबैले आफ्नो दायित्व बहन गरे शिक्षाको गुणस्तर सुधार हुन्छ । दायित्व वहन पनि नहोस् कसरी देशको मुल निति राजनिति घर दैलो सरकारका हर्ताकर्ताहरु लाई विकास गर्न भ्याई नभ्याई हुने अवस्थामा उहाँहरुलाई नै विद्यालय व्यवस्थापन समिति , स्वास्थ चौकी व्यस्थापनको अध्ययक्षमा माला खाँदा लगाईन्छ ।

    अरु त सबै बेरोजगार र भोटरको सुचीमा मात्रै अटाईरहे देशले विकास र पुर्वाधारका हस्ती दिनहु घटाई रह्यो । जल्दो बल्दो विषय नलेखी कसरी मसी सराउँ र देशमा पछिल्लो समय प्रत्येक दिन १५०० सयको हाराहारीमा युवा शक्ति देश जोडेर विदेशको बाटो तताउँदै छन् । बेकार हो नेपालमा कमाउन विदेश जान्न बताउँदै छन् ।

    एउटै व्यक्ति नौरङ्गी बन्न थाले पछि देशमा बस्न मन कसको लाग्ने जता हेरे पनि निराशाका प्रतिबिम्ब मात्रै छर्लङै रुपमा सर्वसाधरणको नजरबाट हेर्न हो ,भने जसले जिउँदै मान्छेको आँखामा माटो हाल्न सक्छ, उसैको हालिमुहाली रहन्छ, प्रत्येक स्थानमा अनि कसरी नहोस् त विकास देशमा बुडापाकाहरु मात्रै बस्नु परेपछि । निर्वाचन आउँदा खुशीका अबिर युवाले घसनु परेपछि , श्रम उर्वर समय विदेशमै धस्नु परेपछि ।

    धन कमाउन भनेर खाडी देशमा पस्नु परेपछि ॥ कुरा गरौ शिक्षाका मेरो देश नेपालमा मान्छेको तेस्रो नेत्र मानिने शिक्षा क्षेत्रमा झनै घिन लाग्दो राजनितिक बृजारोपण भएको तपाई हामीले बुझेकै कुरो हो । मैले अक्षरंस लेखेका कुरामा विद्यालयमा राज्य र राजनितको भन्दा दुर छ ,राजनितिको कुनै भुमिका छैन भनेर पट्कै भनेको हैन । न्युन आय स्रोतका भएका व्यक्तिहरुको श्रम पसिना पोस्ने निजी विद्यालले भड्किलो शुल्क , श्रृङ्गारीक प्रचार प्रसार गरी विद्यार्थी खिच्न सक्ने राज्यले करौडौ लगानी गरेका सरकारी विद्यालयमा नातावात, कृपावादको गन्ध कहिले सम्म फस्टाई रहने माध्यामिक, उच्च माध्यामिक ,प्राविधिक शिक्षा आर्जेन गरेको विद्यार्थीहरुले पनि आजको दिनमा आफ्नो संस्कार संस्कृति भुलेर पश्चिमा संस्कृतिको लोकापणर् गरिरहेको परिवेश हामी छौ ।

    हिजो जन्म दिने बुवा आमा र शिक्षा दिने गुरु संसारका महान् व्यक्ति हुन् भनेका सन्तति नै आज कुर अमानवीय व्यवहार झल्काईरहेका छन् । कक्षाकोठमा अध्यापन गराउने शिक्षकलाई बाहिर निस्के देखाउँला भन्न थालिसकेका छन् । सृष्टी देखाउने माता पिताले पानी अम्खोरा सानर्े लगाए तपाईका पनि त हात छन् । गर्नु नै आफै भने जवाफ दिएका घटना सामाजिक संजालमा हेरेका देखेका छौ । भोलिका देशका खम्बा ,परिर्वतन र विकासका संवाहक कक्षा ८ नौ देखि नै लागु पदार्थ दुव्यसनीको लतमा फसेका छन् ।

    मुखमा झुण्डिएको छ, केही छैन नेपालमा १० कक्षा सम्म पढ्ने हो त्यसपछी खाडीमा पढाई जान्छ, झाडीमा भन्ने युवाहरुको जमात शहर भन्दा ग्रामीण भेगमा ज्यादाँ छ । तर यी सबै कुरालाई चिर्न देशमा रोजगारी मात्रै भएर पनि सम्भव छैन आजको पहिलो आवश्यकता हो ,संस्कार सहितको जीवन उपयोगी शिक्षा यदी एउटा व्यक्तिले राम्रो संस्कारमा हुर्कन र पढ्न पायो भने उसले संसारका हरेक कुनामा आफ्नो जीवन सहज सरल तरिकाले व्यतित गर्न सक्छ, जीवन उपयोगी शिक्षाका नाममा जे जति नयाँ विषय साईन्स ,गणितका सुत्रहरु जति रटान् गरेतापनि उसले उचित संस्कार पाएन् भने उसले प्राप्त गरेको स्््ैद्धा््न्तिक ,्व्यावहारिक ज्ञानको कदर हुन् कठिन हुन्छ ।

    आजको युगमा जति पनि शैक्षिक संस्थाहरु छन् ती सबैमा संस्कार सहितको जीवन उपयोगी शिक्षा अध्यापन गराउन आवश्यक छ, जसले व्यक्तिको सामाजिक ,वैयतिक , आर्थिक जीवनमा केही फेरबदल ल्याउन सकोस् । आज हामी जतिले प्राविधिक शिक्षा आर्जेन गरेतापनि पहिलो कुरा सटिर्फिकेट हात पार्ने वर्षो कसरत गर्नु पर्छ लिई हाले पनि देशले काम दिने परिपाटी बनेको नै छैन निराशामा रहेका युवाहरुको जीवनमा खुशीका किरण छाउन सकोस् सके सम्म स्वदेशमै मिठो मसिनो , राम्रो लुगा फाटो लाउन सकोस् नेपाल आमाको गीत गाउँन सकोस् ।राज्यको नितिमा मात्रै हैन कार्यन्वमा पनि आउन सकोस् ।सहजै आफ्नै देशका हिमाल ,पहाड तराई मधेश धाउन सकोस् ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी